Breaking News

चितवनकी सांसद रावल तेस्रो कार्यकालका लागि राष्ट्रिय सरोकार समितिको सभापतिमा निर्वाचित

Banner

चितवन, भदौं २३-

चितवनकी एमाले सांसद दिलकुमारी रावल ‘पार्वती’ राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको सभापतिमा निर्वाचित भएकी छन् ।

रावल सर्वसम्मतरुपमा निर्वाचित भएकी हुन् ।

यसका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको थियो । सभापति पदका लागि रावल एक जनाको मात्रै उम्मेदवारी परेको थियो । सबै समितिमा एक\ एक जनाको मात्र उम्मेदवारी परेका कारण सबै सर्वसम्मत भएका हुन् ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा पुन दिलकुमारी रावलसहित राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यस्थापन समितिमा बेदुराम भुषाल, प्रत्यायोजित व्यस्थापन तथा सरकारी आश्वासन समितिमा माया प्रसाद शर्मा निर्वाचित भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>