देश/प्रदेश

‘मन पराएको केटाले नभेटे हराउँछु’ भनेर निस्किएकी किशोरी बेपत्ता

Banner

काठमाडौं,भदौ २३-

धनगढीबाट एक किशोरी बेपत्ता भएकी छन् । ‘स्कुल जान्छु’ भन्दै घरबाट निस्किएकी धनगढी उपमहानगरपालिका–१३ की ती किशोरी बेपत्ता भएकी हुन् । गएको सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दै उनी घरबाट निस्किएकी थिइन् । उनी बोराडाडीस्थित त्रिभुवन माविको कक्षा–८ की विद्यार्थी हुन् । विद्यालय पोसाकमै घरबाट निस्किएकी थिइन् कैलालीमा १५ वर्षीया किशोरी। कैलाली प्रहरी र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोली उनको खोजीका सक्रिय छ ।

ती किशोरी आफ्नो साथीसँग आइतबार साँझ एक शिक्षकलाई भेट्न उनको घर पुगेको बताइएको छ । विद्यालयबाट सरुवा भएका शिक्षकलाई भेट्न गए पनि उनी घरमा नभेटिएको खुलेको प्रहरी अधिकारीहरू बताउँछन् । आइतबार उनको झोला भाइलाई दिएर घर पठाएकी थिइन् । तर, झोला स्कुल बसमै छुटेको थियो । सोमबार उनी अरू दिनभन्दा छिटो घरबाट निस्किएको खुलेको एक प्रहरी अधिकारीले बताए । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले भने, “उनले आफ्नी बहिनीलाई आफूले मन पराएको केटाले ४ बजेसम्म नभेटे आफू बेपत्ता हुन्छु भनेकी रहिछिन् । यसलाई सामान्य रूपमा लिइयो । त्यसपछि उनी सम्पर्कमा छैनन् ।”

प्रहरीले उनका साथीसहित शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>