देश/प्रदेश

सीपीएल खेलेर मात्रै सन्दीप नेपाल फर्कने, कानुनी उपचारमा सहयोग गर्न क्यानलाई गरे अनुरोध

Banner

काठमाडौँ, भदौ २३–

जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेलेर मात्रै नेपाल फर्कने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सन्दीप सीपीएल खेलेर मात्रै नेपाल फर्कने जनाएको छ । बुधबार राति भएको जमैका तल्लावाजको खेलमा भने सन्दीपले खेल्न पाएनन् । यस्तै सन्दीपले बलात्कारको आरोप लागेपछि कानुनी उपचारका लागि क्यानलाई गुहारेका छन् ।

हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका हुन्। ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भनेको छ’ क्यान सचिव प्रशान्त विक्रम मल्लले भने ।

एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् । सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द बुधबार बेलुका काठमाडौं आइपुगेपछि क्यानका पदाधिकारीबीच छलफल भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>