चितवन विशेष
निजामती दिवसको अवसरमा भरतपुरको प्रज्ञा पार्कमा वृक्षरोपण
०

चितवन, भदौ २१–
निजामती सेवा दिवसको अवसरमा भरतपुरको प्रज्ञा पार्कमा वृक्षरोपण गरिएको छ ।
डिभिजन वन कार्यालय चितवनले निजामती सेवा दिवसको अवसरमा आज (मंगलबार) भरतपुर महानगरपालिका–१ रामनगर स्थित निर्माणाधिन प्रज्ञा स्मृति पार्कमा वृक्षारोपण गरेको हो ।
सो पार्कमा जाकाराण्डा, राजवृक्ष, तेजपात, म्याङ्गोस्टिक, कपुर, अगरउडलगायतका ११० गोटा विरुवा रोपिएको आयोजकले जानकारी दिएको छ ।
यस अवसरमा जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका कर्मचारीहरु, वरण्डाभार वन संरक्षण क्षेत्रका प्रतिनिधि, सतनचुली सामुदायिक वन समूहका प्रतिनिधि, सर्वसाधारण, उपभोक्ता समेतको सहभागिता रहेको थियो । डिभिजन वन कार्यालय चितवनका संयोजक लोकराज नेपालको अध्यक्षतामा वृक्षरोपण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























