देश/प्रदेश

एक्लै लड्दा कसैको बहुमत नआउने भएकोले गठबन्धन गरेः भट्टराई

Banner

अत्तरिया, भदौ २१-

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले एक्लै चुनाव लड्दा कुनै पनि दलको बहुमत आउने नदेखिएकोले गठबन्धन गरी चुनावमा जाने निर्णय गरिएको बताएका छन्। कैलालीको अत्तरियामा सोमबार बोल्दै उनले निर्वाचनमा एक्लै लडे कसैको पनि बहुमत आउन नसक्ने भएकाले गठबन्धन गरेर जानुपरेको बताए।

भट्टराईले आफूहरू पनि सत्ता गठबन्धनमै रहेको बताएका थिए। उनले सिट बाँडफाँटका कारण गठबन्धनमा कुनै समस्या नआउने दाबी गरेका थिए।

पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि धनगढी आएका उनले धेरै दल भएका कारण गठबन्धनमा सिट बाँडफाँट गर्न ढिलाइ भए पनि समस्या नआउने बताए। सबै दलको सहमतिमै सिट बाँडफाँट हुने उनले बताएका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>