देश/प्रदेश

लोड तान्न नसकी ट्रक पछाडि हट्दा परिचालकलाई किच्यो

Banner

धादिङ, भदौ २०

धादिङको धुनिबेशी नगरपालिका–९ ढलानमा आज बिहान ट्रकले किच्दा परिचालक गम्भिर घाइते भएका छन् ।

घाइते हुनेमा भारतिय नागरिक १७ वर्षिय संजीव गौतम रहेका छन् । उनलाई उपचारको लागि काठमाण्डौ पठाइएको छ ।

आज बिहान साढे ३ बजे भारतिय नम्बरको ट्रकले उकालोमा लोड तान्न नसकि पछाडि हट्दा ट्रकमा ओट राख्ने क्रममा परिचालक गौतमलाई किचेको हो ।

ट्रक सहित चालक नियन्त्रणमा रहेको अस्थायी प्रहरी पोष्ट खत्रीपौवा धादिङले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>