देश/प्रदेश

जापान पठाइदिन्छु भनेर १३ लाख ठग्ने महिला पक्राउ

Banner

काठमाडौं,भदौ १९-

जापान पठाउने भनेर ठग्ने एक महिला पक्राउ परेकी छिन् । मान्छेहरूलाई जापान पठाइदिन्छु भनेर रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी हुन् । मोरङको रतुवामाई नगरपालिका–९ घर भई हाल ललितपुरको बालकुमारी बस्‍ने ३८ वर्षीय मिना सुब्बालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयको टोलीले सुविधानगरबाट पक्राउ गरेको जानकारी प्रहरीले दिएको छ ।

प्रहरीका अनुसार कामदार (वर्किङ) भिसामा जापान पुर्याउने भन्दै पीडितबाट १३ लाख रुपैयाँ लिएर हराएको खुलेको छ । ती महिलामाथि थप अनुसन्धान शुरु गरिएको छ । उनलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको जानकारी प्रहरीले दियो । यो पनि, मादक पदार्थ सेवन गरी ट्याक्सी चलाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । दुवैजना माथि मुद्दा चलाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>