अन्तर्राष्ट्रिय

मस्जिद विष्फोटः तालिबानका धर्मगुरूसहित अठार जना मारिए

Banner

हेरात (अफगानिस्तान), भदौ १८-

अफगानिस्तानको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका बेला भएको बम विष्फोटमा तालिवान नजिकका एक जना प्रमुख धर्मगुरूसहित १८ जनाको मृत्यु भएको छ । विष्फोटनमा परी कम्तीमा २३ जना घाइते भएका छन् । हेरात शहरको गुजरगाह मस्दिमा भएको विष्फोटपछिको भिडियोमा उक्त धार्मिकस्थलको आँगन शवले भरिएको, जमिन रगताम्मे भएको देखिन्छ भने त्यहाँबाट ‘भगवान् महान् हुनुहुन्छ’ त्रासमा मानिस कराउँदै भागेका देखिन्छन् । अल्लाहका उपसकहरूले मस्जिद खचाखच भरिएको समयमा त्यहाँ बम विष्फोट भएको थियो ।

विष्फोटमा मारिएका प्रमुख धर्मगुरू मुजिबउल रहमान अन्सारी पश्चिमा समर्थित सरकारका कट्टर आलोचक थिए । उनलाई तालिवानले प्रमुख धर्मगुरूका रूपमा मानेको थियो । धर्मगुरू अन्सारीको मृत्युको पुष्टि तालिवानका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले गरेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>