देश/प्रदेश
विमानस्थलबाट दिउँसो भागे आलम राति होटलबाट परे प्रकाउ
०

काठमाडौँ, भदौ १८-
हिजो दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फरार हरेका ठगी मुद्दाका एक आरोपी राती होटलबाट प्रकाउ परेका छन् । अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले उनलाई शुक्रबार राति १० बजे नक्सालस्थित होटल मेरियटबाट पक्राउ गरेको हो । प्रकाउ पर्नेमा सुनसरीका ३० वर्षीय रिजवान आलमलाई रहेका छन् ।आलमले विमानस्थलको भीआईपी कक्ष दुरुपयोग गरेर फरार रहेका थिए र उनीमाथि पाइलट पढाइदिने भन्दै एक करोड रुपैयाँ बढी ठगी गरेको अभियोग छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी श्याम ज्ञवालीका अुनसार शुक्रबार आएको फ्लाई दुबईको विमानबाट आएका आलमको पासपोर्टमा ‘अराइभल’ छाप लगाउने क्रममा शंकास्पद देखिएको थियो । हाल आलमलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























