अर्थ
हाम्रो होसियारीले नेपाल श्रीलंकाको बाटोमा जान पाएनः अर्थमन्त्री शर्मा
०

काठमाडौँ,भदौ १९-
अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार समाजको २४औँ वार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो दाबी गरेका हुन्।
‘सरकारले होसियारीपूर्वक लिएका नीतिहरूका कारण नेपाल श्रीलंकाको बाटोमा जान पाएन,’ उनले भने। अर्थतन्त्रका सूचकांक सकारात्मक बाटोमा रहेको भन्दै उनले आगामी दिनमा सझै सकारात्मक हुने उल्लेख गरे। उनले बजेटमा निर्यात प्रर्वदन गर्न लिएका नितिको फाइदा लिन व्यवसायीसङ्ग आह्वानसमेत गरे। गत आर्थिक वर्षका गल्तीबाट पाठ सिकेर सरकारले काम गरिरहेको उनको भनाइ छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























