देश/प्रदेश
कांग्रेस लमजुङबाट प्रतिनिधि सभाका लागि १२ जना सिफारिस
०

लमजुङ , भदौ १८
नेपाली कांग्रेस लमजुङले प्रतिनिधि सभा निर्वाचनका लागि १२ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ। प्रतिनिधिसभाको उम्मेदवारका लागि प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको हो।
जिल्ला सभापति डा. टकराज गुरुङ, पूर्व सभापति तुलसीनारायण श्रेष्ठ, संविधानसभा सदस्य चन्द्रबहादुर कुंवर, नेपाल सांस्कृतिक महासंघका अध्यक्ष तीर्थबहादुर थापा, नेताहरू विष्णुप्रसाद धिताल, यमबहादुर गुरुङ र डा.बासुदेव गिरी सिफारिस भएका हुन्।
यस्तै समानुपातिकतर्फ कोपिला विक, कृष्णमाया विक, तिरकाशी गुरुङ, शुभनाथ मिश्र र गर्जबहादुर गुरुङको नाम सिफारिस भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























