Breaking News

असोज १ गतेदेखि चितवनमा सहुलियत पसल संचालन हुँदै, सामानमा ५० रुपैयाँसम्म छुट

Banner

पुजा ढकाल

चितवन, भदौ १७–

चाडपर्व लक्षित चितवनमा सहुलियत पसल सञ्चालन हुने भएको छ । साल्ट ट्रेडिङ कार्पेरेशनले चितवनका नागरिकलाई लक्षित गर्दै असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्न लागेको हो ।

सहुलियत पसल सञ्चालन मिति, उपभोक्तालाई दिइने छुट र खसी तथा च्यांग्राको प्रबन्धबारे मन्त्रालयलाई पत्राचार गरिएको साल्ट ट्रेडिङ चितवनका प्रबन्धक निर्देशक बुद्दि विनोद दाहालले जानकारी दिए । उनका अनुसार सहुलियत पसलमा बिक्री हुने खाद्य सामग्रीमा दुई रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट दिइने छ । पसलमा चामल, दाल, चिउरा, आटा, गेडागुडीलगायतमा प्रतिकिलो ७ रुपैयाँ र नुनमा प्रतिकिलो २ रुपैयाँ छुट साल्ट ट्रेडिङले दिने उनको भनाइ छ ।

त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभर चाडपर्वलाई लक्षित गरेर हरेक वर्ष सहुलियत पसल सञ्चालन गर्दै आएको छ । कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी)बाट एकीकृत रुपमा देशभर पसल सञ्चालन हुँदै आएको छ । तर साल्ट ट्रेडिङ र डीडीसीले भने आफ्नो शाखा तथा क्षेत्रमा पनि पसल सञ्चालन गर्ने गर्छ ।

उक्त सहुलियत पसलमा बिक्री हुने खाद्य सामग्रीमा दुई रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट हुनेछ । तर दुग्ध विकास संस्थान (डीडीसी)ले दशैँ तिहार, छठमा घिउमा प्रतिलिटर ५० रुपैयाँ, चिजमा प्रतिकिलो २० रुपैयाँ, दहीमा प्रतिलिटर १० रुपैयाँ र पनिरमा २० रुपैयाँ छुट दिने भएको छ । त्यस्तै कम्पनीले यसवर्ष पनि दशैँका लागि झण्डै तीन हजार खसीबोका र च्यांग्रा ल्याउने तयारी गरेको छ । त्यतिमात्रै नभएर अनलाइन सेवा भएका ठाउँमा भने उपभोक्ताको माग अनुसार घरमै सहुलियत सामग्री पनि पु¥याइने छ । (फाइल तस्बिर)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>