समाचार
नारायणगढ–मुग्लिन सडकको ठाउँ–ठाउँमा पहिरो, बाटो खुल्न कम्तिमा छ घण्टा लाग्ने
०
चितवन, भदौ १६–
गएरातीदेखि परिरहेको अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्डको विभिन्न स्थानमा पहिरो गएको छ । प्राप्त जानकारी अनुसार भरतपुर महानगरपालिका–२९ मा पर्ने १६ किलो, १८ किलो र केरावारीमा ठूलो पहिरो खसेको छ।
केराबारीमा अहिलेसम्मकै ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । बाटो खुलाउन कम्तिमा छ घण्टा लाग्ने उनले बताए । सडक डिभिजनसँग समन्वय गरेर बाटो खुलाउने प्रयास भइरहेको उनको भनाइ छ ।
पहिरो खसेपछि आज बिहान करिब ५ः५० बजेदेखि नारायणगढ–मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध छ । १६ किलोमा सडक भासिएको स्थानीयले बताएका छन् । सवारी साधनहरुलाई मुग्लिन, कुरिनटार, जुगेडीमा रोकिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>