चितवन विशेष
अङ्कुरम् स्काउट ट्रुपको अन्तरविद्यालय नृत्य प्रतियोगितामा सनराइज स्कुल पहिलो

चितवन, भदौं १३-
भरतपुरमा भएको अन्तरविद्यालय स्काउट रनिङ शिल्ड नृत्य प्रतियोगितामा सनराइज स्कुल पहिलो भएको छ ।
अङ्कुरम् स्काउट ट्रुपको आयोजना तथा अङ्कुरम् एकेडेमी चितवनको सहयोगमा २० वटा विद्यालयको सहभागितामा भएको प्रतियोगिता ग्रिनल्याण्ड इङ्गलिस स्कुल दोस्रो र एकताशिशु निकेतनका विद्यार्थीहरुले तृतीय स्थान हासिल गरेका हुन् ।
पहिलो हुने समूहले १० हजार नगदसहित रनिङ शिल्ड प्राप्त ग¥यो भने दोस्रो हुनेले सात हजार ५०० र तृतीय हुनेले नगद पाँच हजार पुरस्कार राशीप्राप्त गरे । प्रतियोगितामा मुग्लिनदेखि माडी सम्मका २० वटा विद्यालयका करिब १४० विद्यार्थीको सहभागिता रहेको थियो ।
हरितालिका तीजको अवसर पारेर नेपाली कला र संस्कृतिको संरक्षणसँगै विभिन्न विद्यालयको स्काउट विद्यार्थीहरुको मित्रता कायम गर्ने उद्देश्यले कार्यक्रम गरिएको एकेडेमीकी परीक्षा प्रमुख सदिक्षा पौडेलले जानकारी दिइन् ।
प्रतियोगितामा बज्रयोगा तथा डान्स एकेडेमीका निर्देशक पुष्प श्रेष्ठ र अङ्कुरम् एकेडेमीका नृत्य प्रशिक्षक निरा गुरुङले निर्णायकको भूमिका निभाएका थिए । पठनपाठन साथसाथै अतिरिक्त क्रियाकलापलाई पनि अन्तर्राष्ट्रियस्तरबाट सञ्चालन गर्दै आइरहेको यस एकेडेमीले मासिक तथा वार्षिक रुपमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
अङ्कुरम् एकेमीका स्तर प्रमुख अर्जुन जिशर्माले सञ्चालन गरेको सो कार्यक्रमको प्रमुखअतिथि भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एवम् सामाजिक समन्वय समितिका संयोजक परमेश्वर खनाल रहेका थिए कार्यक्रममा प्याब्सन केन्द्रीय समितिका सदस्य मोहनलामा, स्काउट रोवर लिडर तथा स्काउटर सीएएलटी शिवप्रसाद बराल , एकेडेमीका कार्यकारी निर्देशक नवराज पौडेललगायतको सहभागिता रहेको थियो ।

























