कर्णाली

माओवादीले सबैलाई पालो पुर्‍याउन कर्णालीका दुई मन्त्रीलाई राजीनामा दिन लगायो

Banner

सुर्खेत, भदौं १२-

कर्णाली सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीले आज नै राजीनामा दिने भएका छन् ।

माओवादी स्रोतकाअनुसार सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा आज दिने बताइएको छ ।

माओवादी केन्द्रले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष शुक्रबार मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाइसकेको छ । उक्त निर्णयअनुसार नै दुई मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका हुन् ।

मन्त्री विष्ट र सिंहको राजीनामापछि माओवादीले मन्त्रीमा सिफारिस गरेका दलकी सचेतक कृष्णा शाह र सांसद रातो कामीलाई मुख्यमन्त्री शाहीले आज नै नियुक्त गर्ने माओवादी स्रोतको दाबी छ । शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

नयाँ नियुक्त भएका दुई मन्त्रीको शपथ भने आज नभएर सोमबार बिहानसम्म हुने भएको छ । माओवादी स्रोतकाअनुसार सांसद रातो कामी गृह जिल्ला भएकाले वीरेन्द्रनगर फर्किन समय लाग्ने यदि वीरेन्द्रनगर समयमै पुगेपछि आज साँझ नै पद तथा गोपनीयताको शपथ ग्रहण हुने र ढिलो भएमा सोमबार बिहान ११ बजे हुनेछ । कर्णालीमा माओवादी केन्द्रले आफ्ना मन्त्री हुन बाँकी रहेका निर्वाचित र समानुपातिक सांसदलाई पालो पु¥याउन मन्त्री बनाउन हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>