Breaking News

अपाङ्गता भएकी छोरीको स्याहार गर्दागर्दै घिमिरे दम्पतीले खोले स्याहार केन्द्र

Banner

पूजा ढकाल

भरतपुर, भदौ १२

। चितवनमा एक दम्पतीले अपाङ्गता भएका बालबालिकाको स्याहार गर्न दिवा स्याहार केन्द्र सञ्चालनमा ल्याएका छन् । अपाङ्गता भएकी छोरीको स्याहार गर्दागर्दै अपाङ्गता भएका बालबालिकालाई स्याहार गर्ने उद्देश्यले उनीहरुमा दिवा स्याहार केन्द्र सञ्चालन गर्ने सोच आएको हो ।

दिवा स्याहार केन्द्रका अध्यक्ष लक्ष्मीकान्त घिमिरेका अनुसार उनीहरुले विसं २०७५ साल मंसिर १३ गतबाट भरतपुर माहानगरपालिका-२६ ज्योतिनगरमा नियमित रुपमा स्याहार केन्द्र सञ्चालन ल्याएका छन् । छोरीलाई मष्तिकघात भएपछि उनीहरुमा स्याहार केन्द्र सञ्चालन गर्नुपर्छ भन्ने योजना आएको थियो । त्यस्तै, उनीहरुले त्यहाँ रहेका बालबालिकाले दिनभर के–के क्रियाकलाप गर्छन्, केन्द्रले कस्तो कस्तो कार्य बालबालिकालाई लगाउने र केन्द्रले गरेका हरेक गतिविधि अनुगमन गर्न अनुरोध गरेका छन् ।

यो स्याहार केन्द्र सामाजिक महिलाहरुको सक्रियतामा सञ्चालन गरिएको दिवा स्याहार केन्द्रकी सदस्य हरिकला भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले केन्द्रमा माहानगरका विभिन्न क्षेत्रबाट बालबालिका आउने गर्छन् । तर, केन्द्रले बालबालिकालाई यातायातको सुविधा भने दिन सकेको छैन । त्यस्तै यो केन्द्रमा अहिले १२ जना बालबालिका रहेका छन् र यातायातको सुविधा भए १५ जनासम्म पु¥याउन सकिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यस केन्द्रमा स्कुलको समय अनुसार नै बिहान १० बजे बालबालिका आउने गर्छन् र केही टाढा भएका भने ११ बजे सम्म आउँछन् ।’ छ जना अभिभावकको सक्रियतामा सञ्चालनरत यो केन्द्रमा बालबालिका आएपछि उनीहरुलाई गोलो घेरामा राखेर पालैपालो नाम भन्न लगाइन्छ । तर, नाम भन्न नसकेकालाई भने गोलो घेरामै राखेर नमस्कार गर्न सिकाउँदै नाम भन्न प्रोत्साहन गरिन्छ ।

त्यस्तै, उनीहरुलाई दिन, बार, महिना मौसमको जानकारी गराइने उहाँले बताउनुभयो । उक्त समयपछि उनीहरुलाई पढाइसम्बन्धी खेल खेलाउने र खेलको माध्यबाटै थेरापी गराइन्छ तर उनीहरुलाई थेरापी गरेको अनुभव भने हुँदैन । अहिले केन्द्रमा हप्ताको एक पटक थेरापी गराउने व्यक्ति ल्याएरै थेरापी गरिन्छ र यसको लागि सहयोग अमेरिकाबाट यशकुमार प्रधानले गर्नुभएको छ ।

तीन महिनासम्मको लागि सहयोग गरेको भुसालको भनाइ छ । त्यस्तै केन्द्रेले हरेक दिन फरक फरक खाजा खुवाउने गर्छ र रुचि अनुसार मनोरञ्जन दिँदै क्षमता अनुसार सरसफाइ पनि गर्न लगाउँछ । त्यस्तै आफूहरुले अपाङ्गता भएका बालबालिका जति उमेरको भए पनि उनीहरुको क्रियाकलापले उमेर निधारण गर्ने र सोही अनुसार अभिभावकले व्यवहार गर्नुपर्ने उहाँको भनाइ छ ।

केन्द्रले बालबालिकाको लागि विभिन्न कार्य गरे पनि हालसम्म अभिभावकसँग कुनै शुल्क भने लिएको छैन र केन्द्र सहयोगबाटै चलेको उहाँले बताउनुभयो । आफूमा स्याहार केन्द्र सञ्चालन गर्ने धारण आफैले आफ्नो बच्चा लिएर बाटोमा हिँड्दा, गाडी चढ्दा, उपचारको लागि अस्पताल जाँदा, सामाजिक कार्यक्रममा जाँदा हरेक ठाउँमा अपहेलित भएर आएको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘ममा आफ्नो बच्चा प्रतिको माया धेरै भए पनि समुदायमा अझै अपाङ्गता भएका बालबालिकालाई हेर्ने दृष्टिकोण फरक छ । समाजको यो सोच परिर्वतन गर्न मैले मिटिङ बसेर सहयोगी छ जनालाई पनि आफू स्वयं प्रभावित भएको ठाँउ धापाखेल ललितपुरमा लगेर एक महिना तालिम दिइपछि केन्द्र सञ्चालन गरिएको हो ।’

तर, केन्द्र सञ्चालन गर्ने योजना तयार भए पनि सुरुआती चरणमा सञ्चालन गर्न कठिन थियो । कठिन भए पनि धापाखेल ललितपुरमा स्याहार बेन्द्र सञ्चालन गर्ने खबर गरे पनि उनीहरुलाई धापाखेलले सहयोग गरेको थियो । त्यस्तै, सामाजिक सञ्जालको माध्यमबाट धेरै थेरै सहयोग प्राप्त भए पनि समुदाएमा अझै धेरै यस्ता बच्चा रहेका छन् । तर, आर्थिक अभावकै कारण केन्द्रमा ल्याउन कठिन भएकाले सहयोगी दातालाई आर्थिक सहयोग गर्न भुसालले अनुरोध गर्नुभएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>