चितवन विशेष

नारायणगढको बन्सरी ब्युटी एकेडेमीले दियो ७० जनालाई निःशुल्क व्युटिशियन तालिम

०
Banner

घना गुरुङ

चितवन, भदौं ११

नारायणगढको बन्सरी ब्यूटी केयर एण्ड एकेडेमीले ७० जनायुवतीलाई निःशुल्क बेसिक ब्युटिसियन तालिम दिएको छ ।

एक महिनाको अवधिमा बिहान र दिउँसो २ समय गरी ७० जनालाई निःशुल्क तालिम प्रदान गरिएको हो ।

ब्युटिसियन पेसामा लगाब भएका र इच्छुकले राम्रोसँग व्यवसायिकरुपमा पेसा चलाउन सकोस् भन्ने अवधारणले निःशुल्क तालिम प्रदान गरिएको बन्सरी व्युटी केयरकी सञ्चालिका सुनिता खड्काले जानकारी दिइन् । विगत ११ वर्षदेखि ब्युटिसियन पेसामा लागेकी ब्युटीसियन खड्काले ६ वर्ष काम गरेपछि आफैले हङकङ बजार नारायणगढमा बन्सरी ब्युटी केयर सञ्चालन गरेकी हुन् । यस्तो तालिमले निकै नै खुसी भएको धेरै ज्ञान हासिल गरे भविश्यमा अझै तालिम लिएर यही पेशामा लाग्ने प्रशिक्षार्थी गंगा विकले बताइन् ।

साउन १० गते देखि भदौ ९ गते सम्म सञ्चालित तालिममा सहभागीहरुलाई ब्युटी केयरमा सञ्चालिका खड्काले प्रमाण पत्रवितरण गरी कार्यक्रम समापन गरिएकोे थियो । ब्यूटीसियन खड्काले दुई दर्जन बढी म्युजिक भिडियोमा मेकअप आर्टिसको काम समेत गरिसकेकी छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>