चितवन विशेष

भरतपुरमा खुल्यो १८ करोड लगानीमा बेकरी उद्योग

Banner

चितवन, भदौ ११–

चितवनको भरतपुरमा १८ करोड लगानीमा बेकरी उद्योग सञ्चालनमा आएको छ । नारायणी बेकरी एण्ड फुड इण्डष्ट्रिजले बेकरी उत्पादन सुरु गरेको हो । भरतपुर महानगर–२४ अमृतनगरमा ७ जनाको लगानीमा अत्याधुनिक प्रविधि सहितको बेकरी उद्योग सञ्चालनमा ल्याइएको हो । उद्योग २०७५ फागुनदेखि निर्माण थालिएको थियो । गत पुसदेखिनै उत्पादन थालेको छ ।

उद्योगका निर्देशक सुनिल ध्वजुले पहिलोचरणमा क्षमताको १० प्रतिशत उत्पादन गरेर बजारीकरणको अवस्था अध्ययन गरेको बताउनुभयो । उद्योगको क्षमता दैनिक ६ टन रहेको बताउनुभयो । उहाँले खाद्य सम्बन्धि ऐन र मापदण्ड अनुसार उद्योगले बेकरी उत्पादन गरिरहेको बताउनुभयो । यो वर्ष ४५ प्रकारका बेकरी उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो । चकलेट, काजुबदाम, बटर, जिरा अज्वाइन कुकिजहरु, ब्राउन, मिल्क, स्याण्डविच, स्वीट ब्रेडहरु, बर्गर वन, सफ्ट, क्रिमरोल, क्रान्ची रोल्सहरु, मफिनहरु उत्पादन गरेको छ ।

८ महिनामै चितवन, नवलपुर, भैरहवा, पोखरा, गोर्खा, वीरगञ्जसम्म उत्पादनहरु बिक्रि वितरण भैसकेको बताउनुभयो । उहाँका अनुसार देशव्यापी बजारीकरणका लागि यो वर्ष उत्पादनको ब्राण्डिङमा लागिने बताउनुभयो । एन बेकरी ब्राण्डमा उद्योगले उत्पादित बेकरीको बजारीकरण गरिरहेको छ । शुद्ध तथा गुणस्तरीय उत्पादन भएकाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन नभएको बताउनुभयो ।

बेकरीको माग बढेको उहाँको भनाई छ । गुणस्तरीय स्वदेशी उत्पादनलाई उपभोक्ताले रोजाईमा पार्ने उहाँको दाबी छ । उद्योगका डिजिटल मार्केटिङका प्रतिनिधि अभिषेक पोखरेल बेकरीहरु ७ दिनदेखि १ वर्षसम्म उपभोग गर्न मिल्ने उत्पादनहरु रहेको बताउनुभयो । गहुँ, कोदो, फापर, जौबाट बनेका बेकरीहरु स्वास्थ्यवर्दक मानिन्छ । चितवनमा ३ दर्जन बढी साना ठुला बेकरी उद्योगहरु सञ्चालनमा छन् । नारायणी बेकरी सबैभन्दा धेरै लगानी भएको उद्योगका रुपमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>