कालिका

चितवनका किसानले चराउन राखेका ५३ घार मौरी अज्ञात समूहले विषादी राखेर मारे

Banner

चितवन,भदौ १०-

चितवन शक्तिखोरका मौरी पालक किसान रणबहादुर थापाका ५३ घार मौरी मरेर नष्ट भएका छन् । चितवन कालिका नगरपालिका ९ शक्तिखोरका थापाले मौरीहरू चराउन रत्ननगर नगरपालिका १४ पिठुवा दोबाटे भन्ने ठाउँमा राखेका थिए । शुक्रबार बिहान हेर्न जाँदा सबै मौरी मरेर सकिएको किसान थापाले बताए । विषादीका कारण मौरी मरेको किसान थापाले दाबी गरेका छन् । आडैमा विषादी घोलेको बोत्तल पनि भेटियो । घारमा नै विषादी छर्केको पाइयो । कुन बदमासले राति यस्तो गरेको हो केही भन्नै सकिएन, थापाले भने । ५३ घार मौरीको मूल्य पाँच ६ लाख रूपैयाँ पर्ने उनले बताए ।

ती घारबाट थप पाँचरसात लाख रूपैयाँ बराबरको मह उत्पादन हुने उनले जानकारी दिए । आगामी कात्तिकबाट मह झिक्न सुरू हुन्छ । मह झिक्ने समय हुन लाग्दा यसरी एकै पटक मौरी मर्नाले ठूलो नोक्सानी भएको थापाले बताएका छन्। घटनाका बारेमा चितवन जिल्ला प्रशासन, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र परियोजनाको मौरी जोन सञ्चालक समितिलाई जानकारी गराएको उनले बताए । दोषीलाई पत्ता लगाएर तत्काल कानुनी कारबाही गर्नुपर्ने उनको माग छ । दोषी पत्ता लगाएर कारबाही गरे यस्ता घटनाहरू दोहरिन नपाउने भरतपुरको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोन सञ्चालन समितिका संयोजक रामप्रसाद पौडेलले बताए ।

फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>