चितवन विशेष

भरतपुरको विकासचोकमा कार र अटो एक आपसमा ठोक्किँदा आठ जना घाइते

Banner

चितवन, भदौं ९-

भरतपुरको विकासचोक नजिकै कार र अटो एक आपसमा ठोक्किँदा आठ जना घाइते भएका छन् ।

भरतपुर चौबिसकोठीबाट गितानगर तर्फ जाँदै गरेको ग३च ३९२२ नं. को कार र बिपरीत दिशाबाट आउँदै गरेको ना २ ह ४६५ नम्बरको अटो एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

अटो र कारमा सवार रहेका अटो चालक भरतपुर–२१ पर्वतीपुरका ४० वर्षीय मनराज गुरुङ, अटोमा सवार भैरहवाका ३० वर्षीय बिमला गुरुङ, सोही स्थानका चार वर्षीय आयुश शाही , नवलपुर देवचुली–१४ की रमिता गुरुङ, देवचुलीकै ६ वर्षकी सरुजा सिँजाली मगर,देवचुलीकै १४ वर्षीय सरोज सिँजाली मगर र पोखरा महानगरपालिका–४ बस्ने वर्ष ४५ की सीता गुरुङ घाइते भएकी छन् । त्यसैगरी कारमा सवार ३४ वर्षीय शशी थापा घाइते भएकी छन् । सबै घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् । कार चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>