चितवन विशेष

चितवनमा पाँच हजार बढी बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो डोज भदौ १९ बाट दिइने

Banner

निरुता विक

चितवन, भदौ ८-

चितवनमा दोस्रो डोज लगाउन बाँकी बालबालिकालाई कोरोना विरुद्धको दोस्रो डोज खोप भदौ १९ गते बाट दिइने भएको छ ।

पहिलो डोज लगाएको झण्डै दुई महिनापछि बालबालिकालाई दोस्रो मात्राको खोप दिन लागिएको हो । दोस्रो डोज लगाउन बाँकी बालबालिका पाँच हजार भन्दा बढी रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कोरोना विरुद्धको खोप लगाएको २१ दिनपछि पहिलो डोज लगाएका बालबालिकालाई मात्र खोप दिने गरिन्छ ।

त्यस्तै स्वास्थ्य कार्यालय चितवनका स्वास्थ्य अधिकृत सूर्यप्रसाद तिवारी अनुसार यो खोप ६ देखि १२ उमेर समूहका बालबालिकालाई दिइने छ । पहिलो मात्रामा बालबालिकालाई फाइजर–बायोएनटेक नामको खोप असार ९ गतेबाट लगाइएको उनले जानकारी दिए ।

पहिलो मात्रामा चितवनका ७२ हजार ७११ बालबालिकाले खोप लगाएको चितवनका स्वास्थ्य अधिकृत गिताञ्जली ढकालले नारायणी अनलाइनलाई जानकारी दिइन् । उनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिकाका ३५ हजार ३६९, खैरहनी नगरपालिकाका सात हजार ७५४, माडी नगरपालिकाका चार हजार २९ र रत्ननगरनगरपालिकाका ९ हजार ८१६ बालबालिकाले पहिलो मात्राको खोप लगाएका छन् । त्यस्तै राप्तिनगरपालकाका सात हजार १२६, कालिका नगरपालिकाका पाँच हजार ३१४ र इच्छाकामना गाउँपालिकाका तीन हजार ३०३ बालबालिकाले पहिलो मात्राको खोप लगाएका छन् ।

यो खोप लगाएपछि बालबालिकामा सामान्य ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या देखिन सक्छ । सामान्य समस्या देखिँदैमा आत्तिन हुँदैन’, उनी भन्छन्, ‘१०० देखि १०२ डिग्रीसम्म ज्वरो आउँदा सिटामोल खुवाउन सकिन्छ । त्योभन्दा माथि ज्वरो आए वा गम्भीर किसिमको समस्या देखिन थालेमा भने तत्काल अस्पताल लैजानुपर्छ ।’

बालबालिकालाई दिन लागिएको यो खोप पूर्ण सुरक्षित रहेको उनले बतइन् । यसको प्रभावकारिता ९१ प्रतिशत रहेको छ । खोप लगाउँदा एलर्जी हुने, कोभिड संक्रमण भएका र गम्भीर रोगको औषधि खाइरहेका बालबालिकाले चिकित्सकको परामर्श लिएर खोप लगाउनुपर्ने उनले जानकारी दिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>