स्वास्थ्य

सुरक्षित गर्भपतन गराउन मासिक १ सय जना आउँछन मेरी स्टोप्स् सेन्टर नारायणगढमा

Banner

चितवन,भदौं ६-

गर्भपतनले कानुनी मान्यता पाएसँगै सहरी क्षेत्रका र शिक्षित महिलाले बढी गर्भपतन गराउने गरेका बताइएको छ । सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउँदै आएको मेरी स्टोप्स् सेन्टर नारायणगढका प्रबन्धक हेमराज गिरीले चितवनमा ग्रामिण क्षेत्रका महिला भन्दा सहरी क्षेत्रका महिलाले बढी गर्भपतन गराउने गरेको बताउनुभयो । मेरी स्टोप्स् सेन्टरले जिल्लाको ग्रामिण क्षेत्रमा समेत सेवा उपलब्ध गराउँदै आएको भन्दै उहाँले ग्रामिण क्षेत्रमा अस्थायी साधन बढी प्रयोग हुने गरेको बताउनुभयो ।

मेरी स्टोप्स्ले परिवार नियोजन, सुरक्षित गर्भपतन र यौन तथा प्रजनन स्वास्थ्यका सेवा दिँदै गिरीको भनाइ छ । उहाँले स्थायी परिवार नियोजन गर्नेको संख्या घट्दै गएको बताउनुभयो । पुरुष बन्ध्याकरण (भ्यासेक्टोमी), महिला बन्ध्याकरण (मिनिल्याप) गर्न वार्षिक १०० जना आउने गरेको बताउनुभयो । उहाँका अनुसार १० वर्ष पहिले वार्षिक करिब एक हजार जना स्थायी परिवार नियोजन गर्न आउने गरेकोमा हाल सो संख्यामा निकै कमी आएको छ ।

यस्तै सुरक्षित गर्भपतन गराउन मासिक १०० जना आउने गरेको गिरीले बताउनुभयो । ९ हप्तासम्मको गर्भलाई औषधिको प्रयोगबाट, १२ हप्तासम्मको गर्भलाई उपकरणद्वारा गरिने गर्भपतन सेवा गर्दै आएको छ । गर्भपतन गराउन आउनेमध्ये २० देखि ४० वर्ष उमेर समूहका धेरै रहेको भन्दै उहाँले १८ वर्षमुनिका पाँच प्रतिशत महिला गर्भपतन गराउन आउने गरेको जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>