चितवन विशेष

कैलालीका व्यवसायीलाई चितवनमा स्वागत

Banner

 

चितवन, भदौं ६-

उद्योग वाणिज्य संघ–चितवनले कैलाली उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई चितवनमा स्वागत गरेको छ ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कंँवरको नेतृत्वमा आएको भम्रण टोलीलाई संघले आज स्वागत गरेको हो ।

नेपालको विभिन्न सफल उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन गर्ने सन्दर्भमा टोली उद्योग वाणिज्य संघ–चितवन आएका छ । स्वागत एवम् छलफल कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले यस किसिमको कार्यक्रमले व्यवसायिक साथसाथै संस्थागत एकता सुदृढ गर्नमा समेत सहयोग पु¥याउने बताए ।

उद्योग वाणिज्य संघ–चितवनको संक्षिप्त जानकारी दिँदै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको संलग्नता बिना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने हुनाले सरकारले निजी क्षेत्रलाई हातेमालो गर्दै जानुपर्ने बताए । सोही कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष राजन गौतमले व्यवसायीलाई स्वागत गर्दै यस्ता किसिमका भेटघाटले दुई उद्योग वाणिज्य संघको मित्रता बढ्नुका साथै सरकार संघ पहल गर्नुपर्ने दुवै संघका समस्याहरुको पनि पहिचान हुने बताए । उनले उद्योग वाणिज्य संघहरुले व्यवसायिक हितका लागि मात्र नभई राष्ट्रिय हितका विषयमा पनि कुरा उठाउनुपर्ने बताए ।
देशमा बढ्दो खाद्यान्न आयातलाई रोक्न खाद्यान्न उत्पादनमा सरकारको ध्यान जान जरुरी रहेको उनको विचार थियो । कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उद्योग वाणिज्य संघ–चितवनले गरेको आतिथ्यता तथा कार्यप्रगतिको प्रशंसा गर्दै आफ्नो संघको संक्षिप्त जानकारी दिनु हुँदै व्यवसायिक ऐक्यबद्धताका लागि उद्योग वाणिज्य संघ–चितवनसँगसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले उवासंघ चितवनबाट सिकेका कुरालाई आफ्नो संघमा पनि लागू गर्ने बताए ।

सोहीअवसरमा उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले संघका विगतदेखि वर्तमान सम्मका गतिविधि लगायत आगामी कार्यक्रमहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए । उनले उवासंघ चितवनबाट सिकेका कुरालाई आफ्नो संघमा पनि लागू गर्ने बताए । कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वमा कार्यसमिति सदस्य, महिला उद्यमीलगायत १४ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

टोलीले संघको सचिवालय र नारायणी नदी किनारको अवलोकन समेत गरेको थियो । कार्यक्रम उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षता तथा उद्योग वाणिज्य संघ चितवनका द्वितीय उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन सहित समापन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>