चितवन विशेष

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष सिंहद्वारा चितवनका उद्योगीहरुको छलफल

Banner

चितवन, भदौं ५-

चितवन आएका नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह र चितवनका उद्योगीबीच छलफल भएको छ ।

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले सिंहलाई स्वागत गर्दै संघका महत्वपूर्ण परियोजनाहरुको बारेमा अवगत गराएका हुन् ।

अध्यक्ष कँडेलले चितवन उद्योग संघलाई यहाँसम्म ल्याइ पु¥याउन नेपाल घरेलु तथा साना उद्योग महासंघको महत्वपूर्ण योगदान भएकोले महासंघलाई सदैव आफ्नो अभिभावकको रुपमा हेरिएको बताए ।

छलफलमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले सुरुवाती दिनदेखि नै चितवन उद्योग संघसँग महासंघको सम्बन्ध प्रगाढ रहेको र अबका दिनमा अझ यसलाई औद्योगिक प्रवद्र्धनात्मक कार्यसँगै अगाडि बढाउन आफूहरु प्रतिबद्ध रहेको बताए । उनले भने, ‘हामीले केन्द्रमा रहेर उद्योग र उद्योगीहरुको हितका लागि केही प्यानिङहरु तयार गरेका छौं । त्यसमा चितवन उद्योग संघको सहकार्य आवश्यक पर्छ ।’

छलफलमा चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी, ताराबहादुर कार्की, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल कार्यसमिति सदस्य महेन्द्र बानियाँ, सञ्चार अधिकृत राजु भट्टलगायतको उपस्थिति रहेको थियो ।

छलफल कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष एवम् सहकारी व्यवस्थापन, औद्योगिक प्रदर्शनी तथा बिक्री केन्द्र सञ्चालन विभागका संयोजक सूर्यप्रसाद न्यौपानेले धन्यवाद मन्तव्यसहित समापन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>