Breaking News

भरतपुर महानगरको विगतका अधुरा काम पूरा गर्न अहोरात्र खटिरहेका छौंः मेयर रेनु दाहाल

Banner

चितवन, भदौं ५-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको मुहार फेर्न अहोरात्र खटिरहेको बताएकी छन् ।

आइतबार भरतपुर महानगरपालिका–१७ मा अवस्थित धावालिङ बौद्ध गुम्बामा निर्माण भएको मूर्तीको अनावरण गर्दै मेयर दाहालले भरतपुरको जनताको मुहारमा खुसी ल्याउने गरी अहोरात्र खटिरहेको उल्लेख गरिन् । मेयर दाहालले विगत पाँच वर्षमा पूरा हुन नसकेको अधुरा कामलाई निरन्तरता दिँदै जनताको इच्छा र चाहनालाई सम्बोधन गर्दै अबको पाँच वर्ष अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

भरतपुर महानगरपालिकालाई नेपालकै नमुना महानगरका रुपमा स्थापित गर्न यहाँ आवश्यक पूर्वाधार निर्माण भइरहेकाले सुन्दर र सुसंस्कृति शहरका रुपमा परिचित हुने क्रममा रहेको मेयर दाहालको भनाइ थियो । भरतपुरमा निर्माण भइरहेका पूर्वाधार निर्माण सम्पन्न हँुदा देशभरबाट हेर्न आउने शहर बन्ने मेयर दाहालले बताए ।

‘भरतपुर महानगरले सबै क्षेत्रलाई समेटेकै छ’, उनले भनिन्,‘जनताको हेरक सुख दुःखमा स्थानीय सरकार साथमा छ । महानगरबासीको इच्छा र चाहाना अनुसार विकासको कामलाई अगाडि बढाएको छौ । धेरै कामहरु गर्न बाँकी छ । पाँच वर्षमा धेरै काम गर्न सकिन्छ ।’ सडक पूर्वाधार, भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा उल्लेख्य विकास भएकाले अब जनतालाई कसरी खुसी बनाउन सकिन्छ भन्नेतर्फ महानगरपालिकाले ध्यान केन्द्रित गरेको मेयर दाहालको भनाइ थियो ।

सबै धर्म, क्षेत्र, वर्गलाई भरतपुर महानगरपालिकाले समान दृष्टिकोणबाट प्रवद्र्धन गर्ने नीति लिएको मेयर दाहालले स्पष्ट पारिन् । महानगरपालिकाले प्राथामिकताको आधारमा सबै क्षेत्रलाई हरेक वर्ष बजेट विनियोजन गरी विकास निर्माणको कार्यलाई अगाडि लैजाने गरेको मेयर दाहालले बताइन् । भरतपुरमा निर्माणधिन योजनामा जनस्तरबाट अनुगमन गर्ने, खबरदारी गरी समयमै काम सम्पन्न गराउन स्थानीयबासीले भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>