अपराध

सञ्चो कम्पनीका सुपरभाइजरमाथि २१ महिलाले दिए यौन दुव्र्यवहारको उजुरी

Banner

काठमाडौं, भदौ ५-

काठमाडौंको कोटेश्वरमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड सञ्चो शाखाका सुपरभाइजरले यौन दुव्र्यवहार गरेको भन्दै २१ महिला  कर्मचारीले उजुरी दिएका छन् ।

सुपरभाइजर हरि चापागाईंले कम्पनी कामदारमाथि लामो समयदेखि पटक–पटक यौन दुव्र्यवहार गरेको भन्दै महाप्रवन्धक समक्ष उजुरी दिएका हुन् ।

चापागाईंले आफूहरूमध्ये धेरैलाई यौन दुर्व्यवहार गरेको पीडित महिलाले बताएका छन् । पटक–पटक यौन दुव्र्यवहार भएपछि कर्मचारीले प्रशासनलाई खबर नगरेका होइनन् । प्रशासनले आरोपितलाई कारबाही गर्नुको साटो उल्टै आफूहरूमाथि नै कारबाही गर्न लागेको पीडितले बताएका छन् ।

प्रशासनले अहिलेसम्म चापागाईलाई कुनै कारबाही नगरेको पीडितहरूको गुनासो छ । महाप्रबन्धक संगिता यादवले भने सुपरभाइजर चापागाईंले दुव्र्यवहार गरेकोबारे अझै छानबिन भइरहेको जानकारी दिइन् ।

उनले वैशाखमा यसरी उजुरी आएपछि अफिसमा सिसिटिभी जडान गरेर अनुगमन गरेको पनि बताए । यस्तै अनुगमन गर्न मान्छे नै खटाएको र त्यस्तो अहिलेसम्म केही नभेटिएको उनले बताइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>