अन्तर्राष्ट्रिय

वेस्ट इन्डिजबिरुद्ध न्युजिल्यान्ड विजयी, शृंखला १-१

Banner

काठमाडौं,भदौ ४-

घरेलु टोली वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय क्रिकेटमा ५० रनले पराजित गर्दै न्युजिल्यान्डले शृंखला १-१ को बराबरीमा ल्याएको छ । शनिबार बिहान दुई सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५.३ बलमा सबै विकेट गुमाउदा मात्र एक सय ६१ रनमा समेटियो ।

उसका याननिची कारियहले सर्वाधिक ५२ रन बनाए । यस्तै, अल्जारी जोसेपले ४९ रन जोडे । न्युजिल्यान्डका टिम साउथीले ४ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै दुई सय १२ रन बनायो । उसका फिना एलेनले सर्वाधिक ९६ रन बनाए । यस्तै, ड्यारियल मिचेलले ४१ रनको योगदान गरे ।

वेस्ट इन्डिजका केभिन सिन्केलियरले ४ विकेट लिए । अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>