Breaking News

भरतपुर महानगरपालिकाको वार्षिक समीक्षाः पाँच वर्षमा ६१० किलोमिटर सडक कालोपत्रे

Banner

चितवन, भदौं २-

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८\०७९ मा गरेका उपलब्धीबारे समीक्षा गरेको छ ।

महानगरपालिकाले आर्थिक वर्षमा महानगरभित्र भएका विकास निर्माण, राजस्व संकलन, सुशासनलगायतका विषयमा समीक्षा गरेको हो ।

महानगरपालिकाको सभाहलमा भएको समीक्षा गोष्ठीमा २९ वडाका सचिवहरूले गत आर्थिक वर्षमा भएका कामहरूको प्रगति, चुनौती र सम्भावनाका विषयमा प्रस्तुतीकरण गरेका थिए । महानगरपालिकाले गत आर्थिक वर्षमा सबैभन्दा बढी सडक पूर्वाधार निर्माण, सडकको स्तरोन्नती गरेको देखिएको छ । पाँच वर्षअघि एक किलोमिटर कालोपत्रे पनि भएको वडामा अहिले औसतमा ३० किमी सडक कालोपत्रे निर्माण भएको तथ्याङ्कमा उल्लेख छ ।
भरतपुर महानगरपालिकाले विगत पाँच वर्षको अवधिमा ६१० किमी सडक कालोपत्रे निर्माण गरेको थियो । सडक पूर्वाधारपछि महानगरले शिक्षा पूर्वाधार निर्माणमा रकम खर्च भएको पाइएको छ । महानगरभित्र रहेका विद्यालयको पूर्वाधार निर्माण गरी प्राविधिक शिक्षालाई जोड दिएको वडाहरुको तथ्याङ्कले देखाएको छ । महानगरमा रहेका विद्यालयहरुमा पछिल्लो समय आर्कषण वृद्धि भइ विद्यार्थीको संख्यामा क्रमश बढेको छ । महानगरमा विगतमा पाँच वर्षको अवधिमा सामुदायिक विद्यालयको विद्यार्थीको संख्या सात हजारले वृद्धि भएको छ । विद्यालयहरुको गुणस्तर वृद्धि गर्न शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको थियो ।

महानगरपालिकाले कृषि उत्पादन वृद्धि गर्न सिँचाइको सुविधा, निकुञ्जसँग जोडिएको वडामा मेषजाली निर्माणमा रकम विनियोजन गरी काम गरेको देखिएको छ । गत आर्थिक वर्षमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समीक्षा गरी असल अभ्यासहरूलाई यस आर्थिक वर्षमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने महानगरपालिकाले बताएको छ ।

योजनाहरूको छनोट समयमै मूल्याङ्कन र अनुगमनका साथै भूक्तानी प्रक्रियालाई सरल बनाउँने र आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्दै न्यूनीकरण गर्दै लैजाने समीक्षा बैठकमा छलफल भएको थियो । सो अवसरमा राजस्व असुली, करका दर र दायराहरूको विस्तार र विकासका साथै सामाजिक सुरक्षा र सुशासन प्रवाह गर्न भूमिका खेल्ने बताइएको छ ।

वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सेवा प्रवाहमा सुस्त भएकोमा असन्तुष्टी व्यक्त गरिन् । मेयर दाहालले महानगर मातहतका कर्मचारीलाई कार्यतालिका बनाएर परिणाम देखिने गरी काम गर्न निर्देशन दिइन् । ‘सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनुहोस,उनले भनिन्,‘सेवाग्राहीमैत्री कार्य प्रणाली लागु गर्नुहोस् । कुनै पनि कार्यमा अवरोध भए त्यसको समधानतर्फ लाग्नुहोस् । काम गर्न चाहेँ असम्भव केही पनि छैन ।’

मेयर दाहालले पूर्वाधार निर्माणमा गुणस्तरियता मुख्य विषय भएकाले नियमित अनुगमन र सुपरिवेक्षण गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिइन् । समयमै काम नगर्ने, गुणस्तरहिन काम गर्ने निर्माण गर्ने निर्माण व्यवसायी र उपभोक्ता समितिहरुलाई कारबाही समेत गर्न निर्देशन दिएका थिए । वार्षिक समीक्षा गोष्ठीमा वडा अध्यक्षहरूका साथै शाखा, महाशाखाका कर्मचारीहरूले विषयगत समीक्षा,समस्या र समाधानका विषयहरु प्रस्तुत गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>