कर्पोरेट

जस्मिन पेन्ट्सको ‘एक वर्षसम्म प्रत्येक महिना लखपति’ योजना सार्वजनिक

Banner

भरतपुर, भदौ २-

भरतपुर महानगरपालिका–४ मा रहेको जस्मिन पेन्ट्सले भदौं १ गते देखि एक वर्षसम्म प्रत्येक महिना लखपति उपहारको योजना ल्याएको छ ।

यसै सन्दर्भमा ग्राहकको माग र चाहानालाई मध्यनजर गर्दै चाडपर्वसँगै खुसियाली साट्ने उद्देश्यले एक वर्षसम्म प्रत्येक महिना लखपति उपहारको योजना ल्याएको हो ।

ग्राहक लक्षित उपहार योजना मार्फत् जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गर्ने ग्राहक मध्ये लक्की ‘ड्र’ मार्फत् प्रत्येक महिना ११२ जनाले विभिन्न उपहारहरु प्राप्त गर्ने कम्पनीले जनाएको छ । योजनाअन्र्तगत प्रत्येक महिना १ जनाले नगद एक लाख रुपैयाँ, एक जनाले स्मार्ट मोबाइल फोन, १० जनाले इलेक्ट्रिक राइस कुकर र १०० जनाले आकर्षक भित्ते घडी प्राप्त गर्ने छन् । यस उपहार योजनामा सहभागी हुनको लागि ग्राहकले अनिवार्यरुपमा जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ । ७५ हजार देखि एक लाख सम्मको खरिदमा ३ वटा कुपन ग्राहकलाई प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । सोही कुपनको अर्धकट्टीलाई लक्की ‘ड्र’ मा समावेश गरिने छ । यसरी लक्की ड्र मा समावेश गरिएका कुपनबाट प्रत्येक महिना ११२ जना भाग्यशाली बिजेता बन्ने छन् । यस उपहार योजना मार्फत् जस्मिन पेन्ट्स प्रालि र उपभोक्ताबीच थप आत्मियता बढ्ने कम्पनीको विश्वास छ । योजनामा सम्पूर्ण उपभोक्ताको उत्साहजनक सहभागिता रहने कम्पनीले बिश्वास लिएको छ ।

ग्राहकको सन्तुष्टि नै आफ्नो सफलता महसुस गरेको यस कम्पनीले विभिन्न समयमा ग्राहक लक्षित उपहार योजनाहरु सञ्चालन गर्दे आएको छ । ‘नेपालीमनको नेपाली रङ’ भन्ने नारा बोकी नेपाल रङगाउदै गरेको यो जस्मिन पेन्ट्स राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट पुरस्किृत भइसकेको कम्पनीको दाबी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>