चितवन विशेष

भरतपुरको पाखुरीचोक टोल विकास संस्थाको अध्यक्षमा धितालको नेतृत्व

Banner

चितवन, भदौं १-

भरतपुर महानगरपालिका–१३ पाखुरीचोक टोल विकास संस्थाको अध्यक्षमा पुनः कृष्णप्रसाद धिताल चयन भएका छन् ।

मंगलबार सम्पन्न दोस्रो साधारण सभा तथा अधिवेशनबाट संस्थाले ११ सदस्यीय कार्यसमिति र तीन सदस्यीय लेखा समिति निर्विरोध चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा सञ्जिव न्यौपाने, सचिवमा कृष्णप्रसाद चापागाईं, कोषाध्यक्षमा सुमित्रा धिताल आचार्य चयन भएका छन् । यस्तै, सदस्यहरुमा सरिता आचार्य, हरीप्रसाद पौडेल, सीता न्यौपाने दवाडी, कृष्णहरि प्रसाईं, सरस्वती कोइराला, रामचन्द्र तिमल्सेना र सावित्रा शर्मा चयन भएका हुन् ।
संस्थाले शरदचन्द्र न्यौपानेको संयोजकत्वमा तीर्थराज न्यौपाने र सुवर्ण घिमिरे सदस्य रहने गरी लेखा समिति समेत निर्विरोध चयन गरेको छ । नव निर्वाचित समितिलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १३ को वडा कार्यालयका सल्लाहाकार प्रा.डा. भिमराज अधिकारीले सपथग्रहण गराएका थिए । यस टाले विकासअन्तर्गत १५९ घरधुरि अवद्ध छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>