प्रवास

नेपालीले लाइसेन्स दुरुपयोग गरेपछि अष्ट्रेलियामा गाडी चलाउन रोक

Banner

चितवन, साउन ३१-

नेपालीले अष्ट्रेलियामा नेपाली सवारी लाइसेन्सको दुरुपयोग गरेपछि अब नेपाली लाइसेन्सको आधारमा गाडी चलाउन नपाउने भएका छन् ।

आगामी नोभेम्बरदेखि अष्ट्रेलियाको एनएसडब्लु राज्यमा नेपाली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाहकले गाडी चलाउन नपाउने भएका हुन् ।

यसअघि अष्ट्रेलिया बाहिरबाट आएका मानिसहरूले उनीहरूकै देशको लाइसेन्सबाट निर्वाध रूपमा गाडी चलाउन पाउँदै आएका थिए । तर, पछिल्लो समयमा बढ्दो सवारी दुर्घटना र लापरबाहीलाई ध्यानमा राखेर नोभेम्बरदेखि अस्ट्रेलियन राज्य सरकारले अन्य कुनै पनि विदेशी लाइसेन्सवाहकलाई सवारी चलाउन रोक लगाउने भएको हो ।

यो सँगै अन्तर्राष्ट्रिय लाइसेन्स होल्डरले नोभेम्बरबाट एनएसडब्लु राज्यमा गाडी चलाउन तीन महिना भित्र अस्ट्रेलियन लाइसेन्स लिनुपर्नेछ । अहिले हजारौं नेपाली विद्यार्थीले आफ्नो लाइसेन्सबाट निर्वाध रूपमा अस्ट्रेलियन शहरमा गाडी चलाउँदै आएका थिए । सरकारको नयाँ निर्णयले धेरैलाई अप्ठ्यारो पर्नसक्ने देखिएको छ ।

अस्ट्रेलियन लाइसेन्स लिन मापदण्ड पूरा गर्न, त्यसको प्रमाणीकरणदेखि धेरैखाले परीक्षणको सामना गर्नुपर्ने हुन्छ । जुन निकै झन्झटिलो र कठिन मानिन्छ । त्यति मात्र नभइ अस्ट्रेलियन सडक जरीवाना र लाइसेन्सको मेरिट प्वाइन्ट्समा समेत अन्तर्राष्ट्रिय लाइसेन्सको दुरूपयोग भएपछि कडाइका साथ नयाँ नियम लागू हुने भएको हो । यताको लाइसेन्सवाहकले आफ्नो लाइसेन्स बचाउन विद्यार्थीको लाइसेन्स दुरूपयोग गर्ने गरेको डेलिमेल समाचारमा उल्लेख छ।

नेपालसँगै चीन र भारतसहित अन्य मुलुकबाट अष्ट्रेलिया आएकाहरूले सवारी चलाउन अब अस्ट्रेलियन लाइसेन्स अनिवार्य लिनैपर्ने हुन्छ । धेरै नेपाली विद्यार्थीले नक्कली लाइसेन्सको प्रयोग गरी यहाँको सुविधाको गलत फाइदा उठाइरहेको प्रश्न उठिरहेको बेला यो नयाँ नीति सार्वजनिक भएको हो । यस्तै जर्मनी, बेलायत र अमेरिकाजस्ता मुलुकको सवालमा भने उताको लाइसेन्सले यता सहजै अस्ट्रेलियन लाइसेन्समा ट्रान्सफर हुने जनाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>