Breaking News

चितवनमा प्रचण्डसँग चुनाव लड्न तयारी गर्दै विक्रम पाण्डे, माडीमा सुरु गरे घरदैलो

Banner

चितवन, साउन २९-

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गरेका छन् ।

पार्टीको प्रशिक्षण तथा विचार गोष्ठीमा सहभागी हुन चितवन आएका राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत माडीका मतदातासँग भेटघाट गरेका हुन् । उनले निर्वाचनको बारेमा स्पष्टरुपमा केही नबोले पनि पार्टीका नेता, कार्यकर्ताहरु तथा शुभचिन्तकहरुसँग माडी क्षेत्रका समस्याबारे छलफल गरेको राप्रपा भरतपुर महानगर सचिव सुलभ सिग्देलले नारायणी अनलाइनलाई जानकारी दिए । माडीका विभिन्न वडामा पुगेका उनले मतदाताहरुको पीर, मर्काहरु ध्यानपूर्वक सुनेका थिए ।

निर्वाचन घोषणा भइसकेको अवस्थामा माडी पुगेर घरघरमा मतदाताहरुसँग भेट्नुलाई चुनावी पूर्वतयारीको रुपमा राप्रपाका नेता तथा कार्यकर्ताले बुझेका छन् । संविधान सभा निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका पाण्डेले गत संघीय निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबाट पराजित भएका थिए । तत्कालिन समयमा एमाले र माओवादीको पार्टी एकता थियो भने अहिले माओवादी र एमालेको पुरानो समिकरण तोडिएको छ । राप्रपालाई अहिले एमालेले सघाउँछ वा सघाउँदैन त्यो भने हेर्न नै बाँकी छ तर पनि विक्रम पाण्डेले प्रचण्डसँग चितवन ३ बाट चुनाव लड्न गृहकार्य सुरु गरिसकेको अनुमान गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>