अर्थ

वाइवाइ चाउचाउको लगतार मुल्य बढाउदै, तौल घटाउदै चौधरी ग्रुप

Banner

काठमाडौँ, साउन २१-

चौधरी ग्रुपले वाइवाइ चाउचाउको तौल घटाए पनि मुल्य पटक पटक बढाएको छ । वाइवाइले पछिल्ला केही हप्तामै लगातार दुई पटक मूल्य बढाएको हो ।

जेठ तेस्रो सातासम्म २० रुपैयाँ बिक्रि बितरण हुदै आए वाइवाइ चाउचाउ मुल्य हाल २३ रुपया पुगेको छ । तर हाल सम्म वाइवाइले मूल्य बढाएको जानकारी भने सार्वजनिक रुपमा दिएको छैन ।

पहिले २० रुपयामा ७५ ग्राम वाइवाइ चिकेन र भेज स्वादको चाउचाउ पाए पनि हाल २३ रुपयामा जम्मा ६५ ग्राममा चाउचाउ पाइने गर्छ । त्यती मात्रै नभएर प्याकेटमा ६० ग्राम मात्र तौल तोकेको छ । त्यस्तै ३५ वर्षअघि वाइवाइ १० रुपैयाँ पनि पाइने गथ्र्यो ।

हाल कतिपय किराना पसलले २३ रुपया पर्ने वाइवाइ चाउचाउलाई २५ रुपया समेत लिने गरेको सर्वसाधरणको भनाइ छ । त्यस्तै चौधरी ग्रुपले वाइवाइ प्याकेटको मुल्य बढ्या सँगै कार्टुनको पनि मूल्य बढेको छ । पहिले एक कार्टुन वाइवाइ चिकेन चाउचाको मूल्य ५४० रुपैयाँ प्रथ्यो भने हाल प्रति कार्टुन ५९५ रुपैयाँ पर्ने गर्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>