Breaking News
२३ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक खण्ड, मौरी खोलाको पहिरो हटाईयो
०
![Banner](https://narayanionline.com/wp-content/uploads/2022/08/jam-khulyo.jpg)
चितवन, साउन १७–
करिव २३ घण्टापछि नारायणगढ–मुग्लिन सडक खण्ड संचालनमा आएको छ ।
राति ९ः५० बजेको समयमा यस सडक खण्ड दुईतर्फी संचालनमा ल्याईएको हो । भरतपुर महानगरपालिका–२९, मौरीखोलामा सोमबार राति ११ बजे पहिरो खसेपछि यस सडक खण्ड अवरुद्ध भएको थियो । आज पहिरो हटाउने क्रममा दिउँसो पुनः पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड संचालनमा ढिलाई एको थियो । दुवैतर्फबाट तीन वटा एक्साभेटर प्रयोग गरि बाटो खुलाईएको हो ।
पहिरोको कारण हजारौं सवारी साधनहरु राजमार्गमा रोकिएका छन् । अहिले पहिरो हटाईएपनि अस्तव्यस्त सवारी व्यवस्थापनले पूर्ण रुपमा जाम खुल्न अझै समय लाग्ने देखिन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>