Breaking News

भरतपुरमा ठेकेदारको ढिलासुस्ती र लापरबाहीले सयौँ सडक निर्माण अलपत्र भयो: मेयर रेनु दाहाल

Banner

चितवन, साउन १७–

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठेकेदारको ढिलासुस्ती र लापरबाहीले सडक पूर्वाधार निर्माणको काम अलपत्र परेको बताएकी छन् ।

भरतपुर महानगरपालिका–१८ मा रहेको मिलन युवा क्लबले गरेको बधाई तथा सम्मान कार्यक्रममा मेयर दाहालले ठेकेदारकै कारण भरतपुरका सयौँ सडकहरु अधुरो र अलपत्र परेको बताएकी हुन् ।

मेयर दाहालले महानगरपालिकाले बारम्बार ताकेता गर्दा पनि ठेकदारहरु विभिन्न बहाना बनाएर सडक निर्माणको कामलाई अलपत्र पारेर महानगरपालिको सम्पर्क बाहिर बसेको बताइन् । ‘तोकिएको समयमा सयौँ सडकहरु अहिले निर्माण सम्पन्न हुनु पथ्र्यो’,उनले भनिन्,‘ठेक्का भएको छ । काम हुँदैन । ठेकदारहरुले ठेक्का लिने काम नगर्ने परिपाटीले जनताले दुःख पाएका छन् । यसबारे जनप्रतिनिधिलाई गुनासो आउनु स्वाभाविक पनि हो ।’ महानगरपालिकाको काम योजना छनोट गर्ने, बजेट विनियोजन गरी ठेक्का दिने हो, ठेक्का पाएका ठेकेदारले काम लिएर विभिन्न बाहाना बनाई होल्ड गरेर बस्ने परिपाटीको देखिएको छ’–मेयर दाहालले भनिन् ।

अहिले वर्षात्को समय भएकाले कालोपत्रे गर्न नमिल्ने भएकाले निर्माण रोकिएको पनि मेयर दाहालले बताइन् । ठेकदारहरुले विभिन्न बाहाना बनाएकाले सडक निर्माणका कामहरु रोकिएको मेयर दाहालले जानकारी दिइन् । ‘कहिले वर्षात् भयो भन्दै काम रोकिएको छ’, उनले भनिन्,‘कहिले निर्माण सामग्री अभावको बाहान बनाइन्छ । कहिले निर्माण सामग्रीको मूल्यवृद्धि भयो भनेर बाहाना बनाइएको छ ।’

भरतपुर महानगरपालिकाले विगत ५ वर्षको अवधिमा ६१० किमि सडक कालोपत्रे गरेर उदाहरणीय कार्य गरेको छ । पछिल्लो ६ महिनादेखि भरतपुरमा ठेक्का सम्झौता भएका सडकहरु अलपत्र परेका छन् । महानगरले निर्माण कार्य रोक्ने ठेकेदारलाई काम अगाडि बढाउन ताकेता पनि गर्दै आइरहेको उनले बताइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>