Breaking News

चितवनका नदीहरुमा पानीको सतह निरन्तर बढ्दैः सर्तक र सुरक्षित रहन प्रशासनको अनुरोध

Banner

चितवन, साउन १७-

निरन्तरको वर्षसँगै नदीहरुमा पानीको सतह बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सर्तकता अपनाउन अनुरोध गरेको छ ।

लगातारको भारी वर्षाेले नारायणी, राप्ती, रिउ लगायतका ठूला तथा साना नदी र खोलाहरुमा पानीको सतह निरन्तर बढिरेको भन्दै उच्च जोखिममा रहेका तथा स्थानमा बसोबास गर्ने सबैलाई प्रशासनले सुरक्षित रहन आग्रह गरेको हो ।

देवघाटमा नारायणी नदीको पानीको सतह खतरातह नजिक पुगेको छ । निरन्तर वर्षात्को कारण नारायणी, राप्ती लगायतका अन्य ठूला र साना नदीहरूको आसपासको क्षेत्रमा बाढी, पहिरो, कटान, डुबानको सम्भावना रहेको प्रशासनले जनाएको छ ।

जोखिमको अवस्था हेरी तत्काल सुरक्षित स्थानमा जान समेत अनुरोध गरेको छ । बाढी आएको अवस्था तथा नदीको सतह उच्च रहेको जोखिमको समयमा नदी नालाहरुमा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने जस्ता कार्य नगर्न र नगराउन ध्यानाकर्षण गरेको छ । साथै नारायणगढ –मुग्लिङ सडकखण्डको विभिन्न ठाउँहरुमा पहिरो जाने क्रम जारी रहेको हुदा वैकल्पिक बाटो प्रयोग गर्न सूचित गरिएको छ । मनसुनजन्य विपद्को घटना घटेमा नेपाल प्रहरीको १०० नम्बर वा जिल्ला आपतकालिन सञ्चालन केन्द्रको मोबाइल नम्बर ९८४४२०८८८८ मा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>