Breaking News

नारायणगढको पोखरा बसपार्कमा सिसौको रुख ढल्दा दुई ट्रकमा क्षति, बाटो अवरुद्ध

Banner

चितवन, साउन १७-

भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा रहेको सिसौको रुख ढल्दा दुईवटा ट्रकमा क्षति पुगेको छ ।

आज दिउँसो १२ः५० मा नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ट्रकमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।

प्रहरीका अनुसार ग १ ख ३३२६ र ना १क ३२९६ नम्बरको ट्रकमा क्षति पुगेको छ । यी दुई ट्रकमा एकमा मोटरसाइकल र एकमा ग्यास सिलिन्डर रहेको थियो । मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । ढलेको रुखका कारण अहिले बाटो अवरुद्ध छ । उक्त स्थानमा नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी सहितको टोली खटी रुख काटी बाटो खुलाउने पहल भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>