Breaking News

नारायणगढ–मुग्लिन सडक खण्डमा अलपत्र यात्रुलाई उद्दार गर्दै ट्राफिक प्रहरी

Banner

चितवन, साउन १७–

भरतपुर महानगरपालिका–२९, मौरी खोला पुलमा गयराति ११ बजे खसेको पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड अझै कहिले खुल्छ भन्नेमा अनिश्चित बनेको छ । पहिरो हटाउन समस्या देखिएपछि रातभर अलपत्र परेका यात्रुहरु पहिरोमाथि चढेर वारपार गर्न थालेका छन् । तर पहिरो छिचोले पनि गन्तव्य पुग्न सवारी साधन नहुँदा यात्रुहरु झनै मर्कामा परेका छन् । यही समस्यालाई ध्यानमा राखेर बागमती प्रदेश ट्राफिक प्रहरी र जिल्ला ट्राफिक कार्यालय चितवनले यात्रुको उद्दार गर्न थालेको छ ।

ट्राफिक प्रहरी आफैले नाराणगढबाट म्याजिक बोलाएर अलपत्र यात्रुहरुलाई गन्तव्यमा पठाउन थालेको छ । प्रहरीले केही ठूला बस समेत ल्याएर यात्रुहरुलाई नारायणगढ बजारसम्म पु¥याई रहेको छ । जसले गर्दा पानीले नित्रुक्क भिजेका यात्रुहरुले धेरै राहत महसुस गरेका छन् । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश श्रीमलले नारायणी अनलाइनलाई जानकारी दिए । ‘पहिरो हटाउन धेरै समय लाग्ने देखिन्छ, त्यसले गर्दा अलपत्र यात्रुहरुलाई गन्तव्य पठाउन हामी आफै गाडी खोजेर लागि परेका छौं’–डीएसपी श्रीमलले भने ।

यस्तै ट्राफिक प्रहरीले पहिरो छिचोल्ने क्रममा समस्या भोगिरहेका बालबालिका र महिलाहरुलाई उद्दारमा समेत खटिएको छ । ट्राफिक प्रहरी पवन गिरीलगायतको टोली विहानैदेखि यात्रुहरुको उद्दार र सवारी साधनको व्यवस्थापनमा खटिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्म अधिकारीले दिउँसोसम्ममा एक हजार बढी अलपत्र यात्रुलाई सवारी साधन खोजेर गन्तव्यमा पुर्‍याईएको जानकारी दिए । ‘जामले समस्या देखिएपछि यात्रुहरु पहिरो छिचोलेर हिड्न थालेका छन्, उनीहरुलाई बजारसम्म पुग्नका लागि हामीले सहयोग गरिरहेका छौं’–प्रमुख अधिकारीले भने । प्रहरीले सवारी चालकहरुलाई न्यूनतम भाडा मात्रा लिन आग्रह गरेको थियो ।

पहिरोका कारण अहिले हजारौं सवारी साधन नारायणढ–मुग्लिन सडक खण्डमा रोकिएका छन् । निरन्तर ठूला पहिरो खस्न थालेकोले आज यस सडक खण्ड खुल्ने संभावना न्यून बनेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>