Breaking News

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड आज नखुल्ने, लगातार पहिरो खस्न थाल्यो

Banner

चितवन, साउन १७–

पहिरोले अवरुद्ध बनेको चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड आज खुल्ने संभावना न्यून बनेको छ । आज साँझसम्ममा पहिरो हटाएर सडक संचालनमा ल्याउने प्रहरीको तयारी थियो ।

गयराति ११ बजेको समयमा भरतपुर महानगरपालिका–२९, केराबारीस्थित मौरी खोला पुलमा खसेको पहिरो आज हटाउन असंभव बनेपछि नारायणगढ मुग्लिन सडक खण्ड आज खुल्ने संभावना न्यून बनेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्म अधिकारीले लगातार पहिरो खसिरहेकाले आज पहिरो हटाउने संभावना न्यून रहेको जानकारी दिए ।

आज पहिरो हटाउने क्रममा सोही ठाउँमा अर्को ठूलो पहिरो खसेकाले पहिरो हटाउन थप समस्या भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>