Breaking News

कोरोना संक्रमितको निःशुल्क उपचारः सरकारले भरतपुर अस्पतालसहित १७ अस्पताल तोक्यो

Banner

चितवन, साउन १६-

सरकारले चितवनको भरतपुर अस्पतालसहित सातै प्रदेशमा कोभिड–१९ संक्रमितको निःशुल्क उपचार गर्न अस्पताल तोकेको छ ।

गम्भीर तथा मध्यम अवस्थाका कोभिड संक्रमितको निःशुल्क उपचार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७ वटा अस्पताल तोकेको हो । संक्रमितको उपचार गराएबापत् ती अस्पताललाई अनुदान दिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारले तोकेका कोभिड अस्पतालहरूमा प्रदेश १ बाट कोशी अस्पताल, बिराटनगर वीपी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रहेका छन् । मधेस प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल, जनकपुर र नारायणी अस्पताल, वीरगञ्ज छन् ।

त्यस्तै वाग्मती प्रदेशमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु भरतपुर अस्पताल, चितवन, वीर अस्पताल, महाबौद्ध, पाटन अस्पताल, लगनखेल, टिचिङ अस्पताल महाराजगञ्ज रहेका छन् । गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, धौलागिरि अस्पताल, बाग्लुङ छन् । लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल र भेरी अस्पताल, नेपालगञ्ज रहेका छन् ।

कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला सुर्खेत प्रादेशिक अस्पताल, वीरेन्द्रनगरले कोरोनाको निःशुल्क उपचार गर्ने मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल, डडेलधुरा र सेती प्रादेशिक अस्पताल, कैलालीलाई उपचारको लागि तोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>