चितवन विशेष

चितवनमा प्रतिरोधी सडक कविता वाचन

Banner

चितवन, साउन १४–

अखिल नेपाल जनसांस्कृतिक महासंघ चितवनको आयोजनामा प्रतिरोधी सडक कविता वाचन कार्यक्रम भएको छ ।

जब जब देश डुब्छ जुर्मुराउछन् स्रष्टाहरू भन्ने विश्लेषण सहित एमसीसी, एसपीपीलगायत नागरिकता विधेयक विरुद्धका कविता गीतहरु गाएर स्रष्टाहरुले आफ्नो आवाज बुलन्द गरेका हुन् ।
जनसाँस्कृतिक महासंघ चितवनका अध्यक्ष प्रकाशबाबु खनालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य विकास , मकवानपुर जिल्ला इन्चार्ज अशोक शर्मा, जनसांस्कृतिक महासंघका केन्द्रीय उपाध्यक्ष रविकिरण निर्जीव, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य प्रेमप्रसाद कँडेल, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य विपिन शर्मा निरौला लगायत प्रगतिशील लेखक कविहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा इश्वरी ओझा, श्यामसुन्दर पन्त, मिसम अधिकारी, वासुदेव वाग्ले, भिमराज पौडेल, अशोक शर्मा, बाबुराम प्यासी, विपिन शर्मा, प्रेम प्रसाद कडेल, रविकिरण निर्जीवलगायतका स्रष्टाहरूले आफ्ना रचनाहरु वाचन गरेका थिए । समग्र कार्यक्रमको समीक्षा अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य मोदनाथ मरहठ्ठाले गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>