अन्तर्राष्ट्रिय

फिलिपिन्समा शक्तिशाली भूकम्प, कतिपय ठाउँमा सडक, सञ्चार, विद्युतलगायतका सेवा अवरुद्ध

Banner

फिलिपिन्स, साउन ११

फिलिपन्समा बुधबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ विभागले दिएको जानकारीअनुसार फिलिपन्समा ७.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।

स्थानीय समयानुसार राती १२ः४३ मा भूकम्प आएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । देशको उत्तरी क्षेत्रमा भूकम्प आएको हो । भूकम्पको धक्का भने राजधानी मनिलामा पनि महसुस गरिएको थियो ।

क्षतिको विवरण आइनसकेपनि ठूलो धक्का भएकाले धेरै क्षति भएको हुनसक्ने अनुमान अधिकारीहरुले गरेका छन् । अब्रा प्रान्तस्थित धेरै जनघनत्व रहेको लुजोन टापुमा केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण धेरै भवन तथा भौतिक संरचनाहरु भत्किएका छन् ।

भूकम्पकै कारण कतिपय ठाउँमा पहिरो पनि गएको र सडक, सञ्चार, विद्युतलगायतका सेवा अवरुद्ध भएको जनाइएको छ । घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु परिचालन गरिएको छ ।

राष्ट्रपति फर्निनान्ड मार्कोस जुनियरले भूकम्पबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिनु भएको छ ।
राष्ट्रपति मार्कोस उक्त क्षेत्रको निरीक्षण गर्न जान लागेको पनि उहाँको सचिवालयले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>