बलिउड/हलिउड

अनन्या पाण्डे र आदित्य रोय कपुरको ‘ब्रेकअप’ !

Banner

काठमाडौं, वैशाख २३-

केही समययता बलिउड अभिनेत्री अनन्या पाण्डे र आदित्य रोय कपुर दुवैको ब्रेकअप भएको चर्चा छ । भारतीय मिडियाका अनुसार एक महिनाअघि दुवैको ब्रेकअप भएको थियो ।

टाइम्स अफ इण्डियाले मार्चमै यी दुई अलग भएको लेखेको छ । ब्रेकअपको खबरले निकट साथी समेत स्तब्ध छन् । यी दुवै स्टारका एक नजिकका साथीले एक महिनाअघि ब्रेकअप भएको पुष्टि गरेका थिए ।

कुराकानीका क्रमा आदित्य रोय कपुर र अनन्या पाण्डेका एक साथीले भने, ‘करिब एक महिनाअघि उनीहरुको ब्रेकअप भएको थियो । उनीहरु सम्बन्धमा गम्भीर थिए । तर ब्रेकअपको खबरले हामी स्तब्ध छौं ।

आदित्य र अनन्या दुई वर्षदेखि डेट गरिरहेका थिए । गत महिना अभिनेत्रीको एक पोस्टले इन्टरनेटमा चर्चा बटुल्यो । उक्त पोस्टपछि दुवै स्टारको ब्रेकअप भएको अड्कलबाजी चलिरहेको थियो ।

तर दुवैले आफ्नो सम्बन्धलाई कहिल्यै आधिकारिक भनेका छैनन् । यसैबीच ब्रेकअपको खबरमा दुवै स्टारले मौनता कायम राखेका छन् । उनले आफ्नो पोस्टमा लेखेका छन्, ‘यदि यो साँच्चै तपाईंको लागि हो भने यो तपाईंमै फर्कनेछ । यसबाट मात्र तपाईंले पाठ सिक्न सक्नुहुन्छ । जुन तपाईं आफ्नै क्षमतामा मात्र सिक्न सक्नुहुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>