अन्तर्राष्ट्रिय

आफ्नो पार्टीले पन्जाबको मुख्यमन्त्री नपाएपछि इमरान खान क्रुद्ध, प्रदर्शनको तयारी

Banner

पाकिस्तान, साउन ७-

पाकिस्तान तहरीक–इ–इन्साफ (पीटीआई) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री इमरान खानले पञ्जाबमा मुख्यमन्त्री (सीएम) हम्जा शाहबाजको ‘आश्चर्यजनक’ विजयपछि आज शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेका छन् ।

पञ्जाब विधानसभाको चुनावपछि पाकिस्तान मुस्लिम लिग – नवाज (पीएमएल–एन) का उम्मेदवार हम्जा शाहबाज पुनः पञ्जाबको मुख्यमन्त्रीको पदमा निर्वाचित भएपछि पीटीआई अध्यक्ष खानले जनतालाई सम्बोधन गर्न लागेका हुन् । उपसभामुखले पाकिस्तान मुस्लिम लिग–कायद (पीएमएल–क्यु) को १० मत खारेज गरेपछि हम्जाको जित सुनिश्चित भएको थियो ।

खानले पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) का नेता आसिफ जर्दारीलाई पञ्जाबको मुख्यमन्त्री (मुख्यमन्त्री) चुनावअघि हर्स ट्रेडुको आरोप लगाएका छन् ।

यसैबीच, पाकिस्तानका पूर्व विदेशमन्त्री तथा पीटीआईका उपाध्यक्ष शाह महमुद कुरेसीले पनि उपसभामुखको निर्णयको आलोचना गरेका छन् । हालै भएको पन्जाब विधान सभा निर्वाचनमा खानको पाकिस्तान तहरीक–इ–इन्साफ (पीटीआइ) विजयी भएको थियो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>