अन्तर्राष्ट्रिय

बाँदरले चार महिनाको शिशुलाई छतबाट खसालिदिएपछि..

Banner

नयाँ दिल्ली, साउन ४–

भारतमा बाँदरको आक्रमणमा एक शिशुको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको बरेली जिल्लाको डन्का गाउँमा बाँदरको एउटा समूहले बालकलाई समातेर तीन तले भवनबाट फ्याँकेपछि चार महिनाका शिशुको मृत्यु भएको हो ।

रिपोर्ट अनुसार, शिशुलाई काखमा लिएर बाबु र आमा बार्दलीमा टहलिरहेका थिए । तर, एक्कासी कुख्यात बाँदरको समूह छतमा आएर आमाबुवामाथि आक्रमण गरेको थियो ।

बादरको हुलले आक्रमण गर्न थालेपछि बाबु निर्देश उपाध्याय श्रीमतीसँगै सिँढीमा दौडने प्रयास गर्दा सन्तुलन गुमाए र बच्चा हातबाट खसाले । त्यही बेला बाँदरहरूले बच्चा खोसेर त्यहाँबाट भागेका थिए ।

बच्चा गुमाएपछि बाबुले चिच्याएर रोए तर परिवारका सदस्यहरूले सहयोगका लागि आउनुअघि बादरले बार्दलीबाट तल भुइँमा खसालिदिएको थियो । शिशुको घटनास्थलमै मृत्यु भएको थियो । बाँदरले परिबारका अन्य सदस्यलाई पनि हमला गरेको थियो ।

घटना यतिसम्म हृदयविदारक थियो कि सोही दिन परिवारले सानो बच्चाको नाम राख्ने कार्यक्रम आयोजना गर्दै थियो । तर, संसारमा भर्खरै पाइला टेकेको र आफ्ना प्रियजनहरूले नाम राख्न नपाउँदै शिशुको निधन भएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>