Breaking News

पत्रकार आक्रमणमा संलग्न कर्मचारीलाई कारबाही गर्न पत्रकार महासंघ चितवनको माग

Banner

चितवन, असार ३२-

पत्रकार महासंघ चितवनका सदस्य कृष्ण आचार्यमाथि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीद्वारा भएको आक्रमणको नेपाल पत्रकार महासंघ चितवन शाखाले भत्सर्ना गरेको छ ।

पत्रकार महासंघका सचिव दिपेन्द्र अधिकारीद्वारा प्रेषित विज्ञप्तिमा कार्यालयको मुल गेट बन्द गरेर पत्रकार आचार्यलाई नियन्त्रणमा लिई मोबाइलसमेत कब्जामा लिएर लछारपछार एवम् कुटपिट गरिएको अक्षम्य भन्दै भत्सर्ना गरिएको हो । विज्ञप्तिमा कर्मचारीले मदिरा सेवन गरी होहल्ला गरेको भन्ने सूचनाका आधारमा समाचार संकलन गर्न जादा पत्रकार आचार्यमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई कानुनी दायरामा ल्याउन प्रशासनसमक्ष माग गरिएको छ । पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न महासंघले सबैमा ध्यानाकर्षण पनि गराएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>