अन्तर्राष्ट्रिय

अब अस्ट्रेलिया जाने यात्रुले कोरोना खोप लगाएको पुष्टि गर्नु नपर्ने

Banner

चितवन,असार २०-

अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय यात्रुलाई कोभिड–१९ विरुद्धको खोप लगाएको पुष्टि गर्नुपर्ने प्रावधान अन्त्य गरिएको घोषणा गरेको छ ।

अस्ट्रेलियाको गृह मामिला मन्त्री क्लार ओनेल र स्वास्थ्य मन्त्री मार्क बटलरले आइतवार यो जानकारी दिएका हुन् । आउँदो बुधवारदेखि अस्ट्रेलिया आइपुगेका यात्रुले खोप लगाएको पुष्टि गर्न अब डिजिटल प्यासेन्जर डिक्लरेशन (डीपीडी) पूरा गर्नुपर्ने छैन ।

यो निर्णयले कोभिड–१९ को प्रसार रोक्न मार्च २०२० मा पहिलो पटक पेस गरिएको सबै अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धको अन्त्यलाई सङ्केत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>