अन्तर्राष्ट्रिय

अघोषित चिनियाँ नाकाबन्दीले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पारेको छ

Banner

काठमाडौं, असार १९-

भूपरिवेष्ठित नेपाल माथिको चीनको अघोषित नाकाबन्दीले देशको अर्थतन्त्रमा नराम्रो असर परेको छ भने नेपालका उद्यमीले करोडौंको नोक्सानी बेहोर्नुपरेको छ ।

कोभिड–१९ को बहानामा चीनले नेपालसँगको सीमा एकतर्फी रूपमा बन्द गरेको छ । नेपाली व्यवसायीले नाका खोल्न आग्रह गरे पनि चीनले तातोपानी र केरुङ नाकाबाट सामान आयातमा अवरोध गर्दै नेपालमाथि अघोषित नाकाबन्दी जारी राखेको खबरहबले जनाएको छ ।

चीनले अहिले पनि विभिन्न बहाना बनाएर तातोपानी र केरुङ नाकाबाट नेपाली ट्रकलाई पहिलेजस्तै अनुमति नदिएको व्यवसायी बताउँछन् ।
नेपाल हिमालयन क्रस बोर्डर चेम्बर अफ कमर्शका अध्यक्ष अशोककुमार श्रेष्ठका अनुसार तातोपानी र केरुङ दुवै नाकाबाट सामान आयात गर्न वर्षायाममा बाढी र पहिरोका कारण सीमा नाका अवरुद्ध हुने गरेको छ ।

फलस्वरूप लाखौंको एलसी खोलेर नेपाली व्यापारीले किनेका सामान बोक्ने कन्टेनर चीनका विभिन्न सहरमा महिनौंदेखि रोकिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>