धादिङ

धादिङबाट पेस्तोलसहित दुई जना पक्राउ

Banner

धादिङ, असार १३-

धादिङबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियाँबास गाउँपालिका २ अक्थलीस्थित पशुराम तामाङको घरमा डेरामा गरी बस्‍ने वडा नम्बर २ झार्लाङ घर भएका २५ वर्षीय सुनील तामाङ र २५ वर्षीय अविनाश तामाङ रहेका छन् ।

कोठामा अवैध रुपमा हातहतियार पेस्तोल लुकाएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट पेस्तोल एक थान, खुकुरी एक थान र मोबाइल सेट तीन थान बराममद गरेको छ । उनीहरूमाथि थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>