राजनीति

मलाई बेवास्ता गर्दा एमालेको यो हालत भयोः माधवकुमार नेपाल

Banner

काठमाडौं,असार १२-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेको ओरालो यात्रा संघीय निर्वाचनमा पनि कायमै रहने बताएका छन् । अखिल नेपाल महिला सघ (समाजवादी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै नेपालले आफूलाई कमजोर ठानेको र बेवास्ता गरेको परिणाम एमालेले भोगिरहेको बताए । अहिले पनि एमाले पराजित हुनुको दोष आफूलाई दिने गरिएको भन्दै अध्यक्ष नेपालले नेतृत्व नसुध्रिए एमालेको पतन निश्चित रहेको बताए ।

गठबन्धनको आवश्यकता कायमै रहेको भन्दै नेपालले कम्तिमा संघीय निर्वाचनसम्म सहकार्य कायमै रहने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>